नेपालमा थपिए १३ सय ४ जना कोरोना संक्रमित

 

काठमाडौं । नेपालमा १३ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका विभिन्न स्थानमा गरिएको परीक्षणमा १३ सय ४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएकासँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको छ । मंगलबार २ हजार ७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म कोरोनालाई जित्नेको सङ्ख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै कोरोना भाइरसको कारण आज मात्रै २१ जनाको मृत्यु भएको छ । योसँगै जम्मा मृतकको सङ्ख्या १ हजार ५ सय २९ जना पुगेको छ ।
हाल १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

 

सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म १७ लाख ४६ हजार ३ सय ३० वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिले १६ हजार ६ सय ३३ जना आसोलेसनमा रहेकाछन् भने ६ सय १६ जना क्वारेन्टीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार