काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । कोरोना महामारी कायमै रहेकाले भिडभाडजन्य गतिविधि नगर्न भन्दै प्रशासनले विज्ञप्ति निकालेर सचेत गराएको हो ।
विभिन्न माग राखेर राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि भइरहेको उल्लेख गर्दै प्रशासनले संक्रमणको स्थितिलाई भयावह पार्ने किसिमका कार्य स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत भएको स्मरण गराएको छ । प्रदर्शन गरेको पाइए स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ । पछिल्लो समय राष्ट्रिय झन्डा बोकेर काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।