ह्वातै बढ्यो सुनचाँदीको मूल्य

 

काठमाडौं । लगातार ओरालो लागिरहेको सुनको मुल्य आज वृद्धि भएको छ । नेपाली बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको हो । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।

 

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।

 

यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवारभइरहेको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार