मैतीदेवीबाट सालकको खपटासहित दुई पक्राउ

 

काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौं महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा २ ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार दुई जनालाई पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लाका २७ वर्षीय नवराज मिजारलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

 

प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४.४५ ग्राम खपटासमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार