१४ सय ७४ जनामा कोरोना पुष्टि, १९ सय ३१ संक्रमणामुक्त

 

काठमाडौं । नेपालमा सोमबार थप १४ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणका क्रममा थप १४ सय ७४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेका छन् । त्यस्तै कोरोनाका कारण थप २९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण १ हजार ५ सय ८ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै थप १ हजार ९ सय ३१ जना कोरोनामुक्त भएका छन् । सरकारी तथ्याङ्क अनुसार नेपालमा हालसम्म २ लाख १४ हजार ५ सय २१ संक्रमित निको भएका छन् । हाल आइशोलेशनमा १७ हजार ४ सय २३ जना छन् भने ५ सय ३५ जना क्वारेन्टाइनमाा छन् । नेपालमा हालसम्म १७ लाख ३७ हजार ७ सय ४७ पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार