एकान्तमा नारीले राम्रो व्यवहार पाउँदै पाउँदैनन्

  सन्तोष पोख्रेल  273 पटक हेरिएको

 

गजल 

जति रोई कराई गरे नि पार पाउँदै पाउँदैनन्
बिन्ति गरि माग्दा नि हारगुहार पाउँदै पाउँदैनन्

 

आफन्ती हुँ भनेर जति भरोसा दिए पनि पुरुषले
एकान्तमा नारीले राम्रो व्यवहार पाउँदै पाउँदैनन्

 

एसीड छ्याप्ने धरौटीमा छुटिसक्छ उता बरु
यता भने पीडितले उपचार पाउँदै पाउँदैनन्

 

न्याय माग्दै तातो गोली खानु पर्ने देश हो हाम्रो
तर न्यायाधीशले यस्तो समाचार पाउँदै पाउँदैनन्

 

  • सन्तोष पोख्रेल
    सिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार