तन्नेरी पुस्ताले मन बहलाउने ठाउँ ‘बयलकाँडा’

  अप्सरा विष्ट  298 पटक हेरिएको

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा रहेको बयलकाँडा अहिले आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । वीरेन्द्रनगर नगरपालिका–१४ मा रहेको बयलकाँडा आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो । यो ठाउँ युवा पुस्ताले बढी रुचाएका छन् ।

यही ठाउँ हो, युवा पुस्ताले घुम्नलाई असाध्य रुचाएको बयलकाँडा ।

यो स्थानबाट गढी किल्ला, सिद्वपाइला मन्दिर, भोटेगढी पर्यटकीय स्थल, सल्लेरी चमेरे गुफा, सुर्खेत भ्याली जस्ता रमणीय ठाउँ देख्न घुम्न सकिन्छ । अग्लो स्थानमा रहेको बयलकाँडा शान्त छ, स्वछ हावा बग्छ । त्यसैले त आन्तरिक पर्यटकले भरिन थालेको छ, यो ठाउँ ।

शान्त, स्वच्छ रमणीय भएका कारण युवा पुस्ता असाध्यै रमाउने गर्दछन् । सुर्खेत भ्याली लगायतका ठाउँ हेर्दै यहाँ आउने जो कोही आफ्नो तनाव र थकान मेटाउँछन् ।

गोढीकाँडा, बयलकाँडा नामबाट परिचित यो ठाउँबाट कर्णाली प्रदेशको राजधानी देखिन्छ । घुम्न आउनेहरु त्यही दृश्यमा लोभिन्छन् । घुम्नेको संख्या अन्य दिनको तुलनामा विदाको दिन बढी हुने गर्दछ ।

बयलकाँडामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनलाई वडा कार्यालयले अझै भने जस्तो काम गर्न नसकेको वडाध्यक्ष टोप बहादुर दर्लामीले बताउनु भएको छ । वडामा बजेट थोरै हुने भएका कारण बाटोघाटो राम्ररी बनाउन नसकिएको र पर्यटकलाई सुविधान दिन नसकेको उहाँको भनाई छ ।

बयलकाँडामा पर्यटकलाई तान्न पिक्निक स्थल, सुर्खेत भ्यालीको दृष्यावलोकन लगायत थुप्रै आकर्षणहरु छन् । योसँगै कालिज फर्म र लोकल कुखुराको मासुले पनि घुम्न आउनेहरु लोभिन्छन् । तर, ठाउँ घुम्न लायक भए पपन सुविधा नभएका कारण उनीहरु मन अमिलो पार्छन् । यो गुनासो सम्बोधन गर्नसके वडा कार्यालय र वीरेन्द्रनगर नगरपालिकालाई यो ठाउँ आम्दानीको गतिलो स्रोत बन्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार