आजबाट श्रीसदन सर्वसाधारणको अवलोकनका लागि खुल्ला

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको निजी आवास गृह श्रीसदन आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्रीसदनको उद्घाटन गरेसँगै आजदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला भएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीसदन सर्वसाधारणले अवलोकन गर्न थालिसकेको जानकारी दिनुभएको छ । दाहालले कोरोना जोखिमलाई मध्यनजर गर्दै सङ्ग्रहालय भित्र प्रवेश गर्दा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाइएको बताउनु भयो । सङ्ग्रहालय प्रवेशका लागि नेपाली नागरीकले दुई सय विद्यार्थीका लागि ५० , चीन र सार्क राष्ट्रका नागरिकलाई ५०० र अन्यलाई एक हजार दस्तुर कायम गरिएको छ ।

निर्देशक दाहालले नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक क्षेत्रमा अझै पुननिर्माणको कार्य जारी रहेको बताउनुभयो । त्यस्तै श्रीपेज लगाएतका अन्य भवन सङ्ग्रहालयको आकर्षणको केन्द्र रहेको र अध्ययनका लागि पनि उपयुक्त हुने उहाँको भनाई छ ।

दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्ने गर्नु भएको थियो । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाशपछि श्री सदन बन्द थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार