सरकारविरुद्ध देशव्यापीप्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) लगायत २२ राजनीतिक दल तथा संगठनहरुले सरकारविरुद्ध देशव्यापीप्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको माइतिघर लगाएत देशका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

 

एमसीसी सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, कोरोनामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई जोखिम भक्ता दिनु पर्ने लगायतका माग उनीहरुले राखेका छन् । त्यस्तै बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदी विषयमा सरकारलाई दबाब दिन प्रदर्शन गरिएको नेकपा क्रान्तिकारी माओवादीका नेता परी थापाले जानकारी दिनुभयो ।

मोर्चाले एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिको अंग भएको अमेरिकी उच्च अधिकारी तथा राजदूतावासले नै स्पष्ट पारिसकेको बताउँदै त्यसलाई दृढतापूर्वक खारेज गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार