ताप्ली गाउँपालिकाको कार्यालयभित्रै बम विस्फोट

 

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयभित्रै बम विस्फोट भएको छ । राति सवा १ बजेको समयमा कार्यालयको सहायता कक्ष रहेको बरन्डामा बम विष्फोट भएको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जानकारी दिनुभयो ।

 

यस्तै, गेटमा भेटिएको अर्को बम भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विस्फोटले कार्यालयका दुई कोठामा बढी क्षति पुगेको छ भने भवन समेत चर्किएको छ । यस्तै, कार्यालयको दराज, सिसा र फर्निचरमा समेत क्षति पुगेको छ ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेपनि बम कसले राखेको भन्नेबारे थाहा हुनसकेको छैन । गाउँपालिका अध्यक्ष थापाले भने विस्फोट गराउनुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार