प्रधानमन्त्री ओली पार्टीका नेतासँग भेटवार्ता गर्न व्यस्त

काठमाडौं । सत्तारुढ (नेकपा) आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री केपी ओली भेटघाटमा सक्रिय हुनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग भेटवार्ता थाल्नु भएको हो ।

 

प्रधानमन्त्रीसँगको भेटमा काँग्रेसका तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ हुनुहुन्थ्यो भने बालुवाटारबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागि हुनु भएको बताइएको छ ।

 

यो भेटलाई नागरिक अगुवा, पत्रकार तथा विश्लेषकहरुले विभिन्न खालले टिप्पणी गरेका छन् । कतिपयले नेकपाभित्र विग्रहकाबीच यो सत्ता सहयात्राको भेटवार्ता भएको समेत भनेका छन् । देउवासँग गएको शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा गरेको भेट पछि बालुवाटारमा भएको प्रधानमन्त्री ओली र देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ । ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएको समेत बताइएको छ । संवैधानिक नियुक्तिका विषयमा यसअघि पनि प्रधानमन्त्री ओली र देउवाबीच पटक –पटक भेट भएपनि भागवण्डामा कुरा मिल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार