प्रेम पाउन पनि त धितोमा जवानी राख्नु पर्छ

  जिज्ञासु पौडेल (तिलक)  110 पटक हेरिएको

पहलो मुक्तक

केही अन्जानमै, केही जानिजानी राख्नु पर्छ
मनमा आगोसँगै आँखामा पानी राख्नु पर्छ
यो स्वार्थी दुनियाँमा केही पाइदैन केही बिना
प्रेम पाउन पनि त धितोमा जवानी राख्नु पर्छ

 

दोस्रो मुक्तक

काम नै छोडेर बहाना नानाभाँति राख्नु हुन्न
अर्काको भागमा पर्छ खाना थाती राख्नु हुन्न
यत्ती बुझौँ लिने दिने र गर्ने काम समयमै गर्नु
दान गरेको गाइको पुच्छर समाती राख्नु हुन्न

✍️ जिज्ञासु पौडेल (तिलक)
– बुटवल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार