विश्वभरका नेताहरुलाई एकताबद्ध भएर काम गर्न महासचिव गुटर्रेसको आग्रह

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वभरबाट जी–२० नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

जी–२० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । बैठक पूर्व उहाँले विश्वका नेतालाई यस्तो आग्रह गर्नुभएको बताइएको छ । विश्वमा अहिले विशेष गरेर कोरोना संक्रमण मुख्य संकटका रुपमा देखा परिरहेको छ भने यस्तो अवस्थामा विश्वभर आर्थिक मन्दीको अवस्था समेत देखिएको छ । यी समस्या समाधानका लागि विश्वभरका नेता एक भएर काम गर्नुपर्नेमा महासचिव गुटर्रेसले जोड दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार