गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । ओलम्पिक छनोटको रुपमा रहेको छैटौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै विभागीय टोली एपीएफका धावक गोपी ओलम्पिकमा छनोट भएका हुन् ।

टोकियो ओलम्पिकमा एथ्लेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । शनिवार विहान भएको म्याराथनमा गोपी अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै विजेता बनेका हुन् । गोपीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । विजेता बनेसँगै गोपीले ७५ हजार रुपैयाँ समेत हात पारे ।

दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थान हासिल गरका छन् । दोस्रो भएका बस्नेतले ३० हजार तथा तेस्रो भएका खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार