कृषिमा नौलो अभ्यास : आफै मालिक, आफै ग्राहक र आफै उपभोक्ता (भिडियो रिपोर्ट)

  विकाश पराजुली  113 पटक हेरिएको

बुटवल । समयक्रमसँगै व्यवसायिक क्षेत्रमा प्रतिस्पर्धा चुलिँदै गएको छ । सेवाको गुणस्तर र सर्वसुलभता व्यवसायिक सफलताको कडी हुन्, त्यसैले नयाँ नयाँ सोच र अभ्यासहरु हुनथालेका छन् । बुटवलको बा फार्मले यस्तै नौलो अभ्यास गर्दैछ जहाँ आफै मालिक, आफै ग्राहक र आफै उपभोक्ता छन् ।

बुटवलमा मुख्य कार्यालय रहेको बुद्धनगर एग्रो फार्म लिमिटेड (बा फार्म)ले कृषिकलाई नै आफै मालिक, आफै ग्राहक र आफै उपभोक्ता बनाउने नौलो अभ्यास सुरु गरेको छ । १७ मंसिर ०७५ सालमा प्रा.लि मार्फत सञ्चालनमा आएको उक्त फार्मले कृषकको समस्या तथा आवश्यकतालाई मध्यनजगर गर्दै आफै मालिक, आफै ग्राहक र आफै उपभोक्ता बनाउने एकिकृत पोल्ट्री फार्मको अवधारणा अघि सारेको हो ।

हाल यो फार्म पब्लिक फार्म भइसकेको छ । यो अवधारणा अनुसार हालसम्म कम्पनीमा १ सय १९ जना सेयर भइसकेका छन् । ५ सय जना कृषकलाई आफै मालिक, आफै ग्राहक र आफै उपभोक्ता बनाउने तथा उनीहरुलाई स्वरोजगार गर्ने गरी फार्म अगाडि बढेको छ । बैदेशिक रोजगारका क्रममा विदेश गएर फर्केका युवाहरु सहितको टोलीले सैनामैना नगरपालिका स्थित दोगहरामा साढे ३२ कठ्ठा जग्गामा फार्म तथा ह्याचरी सञ्चालन गरिरहेको छ ।

सोही ह्याचरीमा कुखुराका चल्ला उत्पादन गर्ने, त्यही चल्ला कृषकलाई दिने र कुखुरा बनेपछि फार्मले नै कृषकको कुखुरा खरिद गर्ने गरेको छ । फार्मकै सेयर सदस्यहरु भएकाहरुले नै चल्ला ह्याचरीका लागि अण्डा ल्याउने, ह्याचरी लागत केही तिर्ने र पछि कुखुरा उत्पादन भएपछि पुनः कम्पनीलाई विक्रि गर्ने गरी कम्पनीले काम गरिरहेको अध्यक्ष थापाको भनाई छ ।

अहिले फार्ममा ९० हजार चल्ला ह्याचरी गर्ने सक्ने ३ वटा ह्याचरी मेसिन रहेका छन् । ह्याचरी बाहेक कम्पनीले लोकल कुखुरा पनि पालन गरिरहेको छ । अण्डाका लागि अहिले सैनामैना स्थित दोगहरामा १७ सय लोकल कुखुरा पालन भइरहेको छ । ह्याचरीका साथ साथै कृषकलाई आवश्यक पर्ने दाना, कुखुराका लागि आवश्यक भ्याक्सिन पनि कम्पनीले दिदै आएको छ । कम्पनीले किसान बाट ल्याएका कुखुरा आफैले बधशाला सम्म ल्याइ बध गरेर आफ्नै मिट मार्ट अन्तर्गत विक्रि समेत गर्दै आएको छ । १ सय १९ जनाको सामुहिक लगानीमा भएको फार्ममा काम गर्ने कामदार समेत सेयर सदस्य रहेका छन् ।

कम्पनीको रुद्रपुर गरगरेमा पनि ८ कठ्ठा जग्गा छ । अझै ३ विघा जग्गा थप गरेर नमुना कृषि फार्म सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष खड्क बहादुर थापाले बताए । त्यस बाहेक ५० टनको कोल्ड स्टोर निर्माण गर्ने योजना पनि कम्पनीले सुरु गरेको छ ।

बुटवलमा मिट मार्टसंगै एग्रो मार्र्टका लागि अहिले फाउण्डेसनको काम भइरहेको छ । किसानलाई उन्नत जातको विउपल, मल एवं आवश्यक प्राविधिक सहयोग गर्ने र उत्पादित बीउ विजन कृषकहरु बाटै खरिद गरेर विक्रि गर्ने योजना कम्पनीको छ ।

हालै कम्पनीले २ करोडको लगानीमा बा फार्म एग्रो र मिट मार्ट निर्माण गरिरहेको छ । त्यस्तै ५० टनको कोल्डस्टोर कम्पनीको सैनामैना ५ दोगहरामा निर्माण गर्ने तयारी कम्पनीको रहेको छ । ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार