नेकपा विवादमा राष्ट्रिय-अन्तर्राष्ट्रिय चासो चुलियो

  नाइस संवाददाता  31 पटक हेरिएको

काठमाडौं । सचिवालय बैठकमै दुई शीर्ष नेताबीच भएको रस्साकस्सीसँगै थप छताछुल्ल भएको नेकपा विवादले राष्ट्रिय-अन्तर्राष्ट्रिय चासो बढाएको छ ।

गएको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टा बसेको बैठकमा अध्यक्ष एवं अध्यक्ष केपी ओलीले आफ्नै बेग्लै राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने भनेसँगै विवाद थप बढेको छ । योसँगै नेकपा विवादमा राष्ट्रिय-अन्तर्राष्ट्रिय चासो चुलिएको हो ।

दुबै अध्यक्षले भिन्दा भिन्दै प्रस्ताव पेश गर्ने भनेसँगै पार्टीभित्र कित्ताको बहस चर्किएको छ भने बाह्य राजनीतिक चासो थप बढेको छ । अहिले सत्ताको विपक्षमा रहेका राजनीतिक दलले नेकपाको विवादबारे विभिन्न टिप्पणी गर्न थालेका छन् । उनीहरुले नेकपा विभाजनको संघारमा रहेको प्रतिक्रिया जनाएका छन् भने उत्तरी र दक्षिणी छिमेकी मुलुकले बढी नै चाँसो व्यक्त गरेका छन् ।

गएको कात्र्तिकमा मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’प्रमुख र भारतीय सेना प्रमुख नेपाल आएकामा अहिले चिनियाँ उच्च अधिकार नेपाल आउने तयारीमा छन् । नेकपा सचिवालय बैठक बोलाएकै समयमा चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण तय हुनुलाई अर्थपूणर् रुपमा हेरिएको छ ।

नेकपा सचिवालय बैठक आउँदो १३ गते बस्ने भनिएको छ भने त्यही बेला चिनियाँ विदेशमन्त्री र रक्षामन्त्री लगायतको भ्रमण हुने चर्चा छ ।

सचिवालय बैठकपछि १८ मंसिरमा स्थायी समिति बैठक र २५ मंसिरमा केन्द्रीय समितिको बैठक डाक्ने नेकपाको तयारी छ ।००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार