कोरोनाको कारण पोखरामा एकैदिन ७ जनाको मृत्यु

पोखरा । पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाको मृत्यु हुनेमा पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका –१७ का २९ वर्षीय पुरुष, १३ का ५५ वर्षीय पुरुष, ८ का ५४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । यस्तै, पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय पुरुष, ९ का ६८ वर्षीय पुरुष र पोखरा महानगर –२१ का ७५ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो । यसैगरी, तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा आज विहान मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार