विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा

काठमाडौं । तत्कालीन सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । त्यही शान्ति सम्झौतामार्फत एक दशक लामो सशस्त्र विद्रोह अन्त्यको घोषणा गरिएको थियो ।

 

२०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको शान्ति सम्झौतामा संविधान सभामार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरण मुख्य कार्यभार राखिएका थिए । तर, शान्ति सम्झौता गर्दा राखिएका मुख्य कार्यभार मध्ये कतिपय महत्वपूर्ण विषय अहिले पनि अन्योलमै छन् ।

 

१४ वर्षसम्म शान्ति–सम्झौताले पूर्र्णता पाएन भने द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् । संविधान सभामार्फत जारी नेपालको संविधान भने कार्यान्वयन चरणमा छ । ६ महिनामा शान्ति प्रक्रिया टुंग्याउने प्रतिबद्धता जनाएका राजनीतिक दलले यो अवधिमा तत्कालीन माओवादी लडाकुको नेपाली सेना प्रवेश बाहेक अन्य उपलब्धि हुन सकेको छैन । सम्झौता गर्ने पक्षधरहरुले १४ वर्षसम्म द्वन्द्वपीडितका भावनालाई सम्बोधन गर्न सकेका छैनन् । शान्ति सम्झौतामा कतिपय काम ६० दिनमै सम्पन्न गर्ने भनिएकामा एक दशक बढी हुँदा पनि राजनीतिक दाउपेचका कारण प्रगति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार