आमा कहाँ सजिलो छ र डाक्टर भएर पनि

  देव राज ढकाल  127 पटक हेरिएको

 

गजल

फराक पक्कि गगनचुम्बि घर भएर पनि
गाउँझैँ छ के भन्नु यो शहर शहर भएर पनि

 

जिन्दगीसँग लड्नु पर्छ मृत्युलाई जितिदिनुपर्छ
आमा कहाँ सजिलो छ र डाक्टर भएर पनि

 

घमण्ड गर्थेउ फूल हु भनी चिहानसम्म पुगेछौ
बरु म मन्दिर सम्म आइपुगेँ पत्थर भएर पनि

 

प्रमाणपत्रमा तारा लाग्नेहरु खरिदार भैसके
बेरोजगार छु प्रमाणपत्र मेरो गुणस्तर भएर पनि

 

अल्झिदा घाँटी कस्न सक्छ स्वास रोक्न सक्छ
अड्डिन सकिनँ त्यो गलामा मफलर भएर पनि

 

✍️ देव राज ढकाल
– नुवाकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार