नत्र को भन्छ मठ नजिकै गङ्गा छ ?

  धिरज स्मृतिपवन  72 पटक हेरिएको

 

गजल

महाभारत छ, अयोध्या छ, लंका छ
एउटा मनभित्र यति धेरै दंगा छ

 

देउराली बा’को छातीमा बसिसक्यो
छोरो भने, शहरमा लफङ्गा छ

 

मात्र यत्ति भनेर दिन बिताइ रहेछौँ
हामी सँग खुकुरी छ, कञ्चनजङ्घा छ

 

धन्न पापको दुर्गन्ध आउँदैन
नत्र को भन्छ मठ नजिकै गङ्गा छ ?

 

ऊ नै सुख, शान्तिको खोजीमा रहेछ
जसको हर नजर-नजरमा शंका छ

 

धागो काट्नेहरूको खोजि गरिएन
भ्रम रहिरह्यो पवनकै वेगमा चंगा छ

 

✍️ धिरज स्मृतिपवन

-डोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार