अस्पतालको लापरबाहीले कोरोना संक्रमितको मृत्यु

  विकाश पराजुली  36 पटक हेरिएको

बुटवल । भैरहवा स्थित भिम अस्पतालमा उपचारत एक कोरोना संक्रमितको अस्पतालको लापरबाहीले मृत्यु भएको छ ।
गत कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि भिम अस्पतालको आईसोलेसनमा उपचारत मेघराज ज्ञवालीको अस्पतालको गम्भिर लापरवाहीको कारण मृत्यु भएको रहस्य खुलेको हो ।

 

कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि ज्ञवाली २९ गते भिम अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको कार्तिक ३० गते विहान मृत्यु भइसकेकोछ । अस्पतालले उपचारका क्रममा ज्ञवालीको मृत्यु भएको बताएपनि अहिले भने ज्ञवाली शौचालय भित्र घण्टौं थुनिएका कारण मृत्यु भएको घटना बाहिरिएको छ । परिवारका सदस्यहरुका अनुसार शनिबार राती १० बजे देखि प्लाज्मा चढाइरहेका ज्ञवाली शनिबार मृत अवस्थामा शौचालयमा भेटिनु भएको थियो ।

मृतकका आफन्त अर्जुन पौडेलले ज्ञवाली संग ३ बजे कुराकानी भइरहेको भएपनि विहान ७ बजे अस्पतालले विरामीको मृत्यु भएको जानाकारी गराएको उहाँको भनाइ छ । अक्सिजन र प्लाज्मा चढाएको विरामी दुईघण्टा देखि शौचालयबाट नफर्किदा सम्म थाहा नपाएको र समयमै शौचालयबाट उद्धार हुन नसक्दा ज्ञवालीको मृत्यु भएको पौडेलको दावी छ ।

 

अस्पतालको जिम्मामा संक्रमितलाई छाड्दा अस्पतालले उपचार र हेरचार गर्नुपर्नेमा गम्भिर लापरबाही गरेको उहाँले बताउनु भयो । उता आइसोलेसन अस्पतालका चिकित्सक आरिफ हुसेन खान भने आफन्तकै लापरबाहीका कारण ज्ञवालीको मृत्यु भएको बताउनुहुन्छ ।

विरामी संग कुरुवा बस्न आग्रह गरेपनि उहाँहरुकै सदस्य नबस्नु गलत भएको र यसमा अस्पतालको लापरबाही नभएको चिकित्सक खानको भनाइछ । उहाँले अस्पतालमा जनशक्ति अभाव भएकाले विरामीको रेखदेखको लागि एकजना कुरुवा संक्रमितसँग बस्न दिने गरेको जानकारी दिनुभयो ।

 

कोरोना संक्रमितको उपचारका लागि आईसियू बेड र भेन्टिलेटर नपाएको घटना बाहिर आइरहदा आईसोलेसनमा उपचारत बिरामीको अस्पतालको लापरबाहीले मृत्यु भएपछि विभिन्न टिकाटिप्पणी समेत हुन थालेका छन् ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले अस्पतालले उपचार गर्नुपर्ने विरामीलाई वेवास्ता गर्दा ज्ञवालीको मृत्यु भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार