सुखी को…..?

कविता

सुखी को…..?

अनन्त अन्धकारको गर्तमा
केही थान धोद्रा स्वर

खासखुस गर्छनरसाउती गर्छन

सुखी को….?

साउती नम्बर १

सुखी को हो ?
उज्यालो ताज पहिरेर माथी आकाशमा
प्रज्वलीत हुँदै गरेको जून ?
या
चुपचाप आफ्नो कक्ष परिक्रमा गर्दै गरेको सूर्यरु
कि
शान्त आकाश गंगारु

साउती नम्बर २

सुखी को हो ?

श्वेत जुहार पहिरीएर
निलो आकाशको अधर चुम्न पाएका
धर्तीका बक्षस्थल ?
या
बिशाल परिधीमा एक तमाशले
जल प्रवहाको संगितमा मुग्ध अनन्त महासागर ?
कि
उष्णताको प्रखर ताड्ना बिच
फुलेको महा-मरू ?

साउती नम्बर ३

शुसाशनको छाती टेकेर
हुँकार गर्ने धृतराष्ट्र समय ?
या
चित्कारको दुन्दुभी बिच
फुलेको मुर्दाशान्ती ?
कि
बबण्डर बिचोबिच
प्रकाशीत मधुरो प्रकाश ?

साउती नम्बर ३

सुखी को हो ?

कर्तब्यको अगम पहाड
चडाँई गर्ने बलिष्ठ बाहु ?
या
वात्शल्यताको बिशाल परिधीमा
संसार रूलाउने काख ?
कि
वैराग्यको बिर्य
उत्सर्जन गर्ने बण्जड पहाड ?

साउती नम्बर ४

सुखी को हो ?

यौवनले परिपुर्ण भएकै बेला
बोटमा फुली पाउमा मर्ने फूल ?
या
सुन्दर भैकन पनि अभिशप्त जिन्दगी जिउने पलाँश
कि
बिहानीको सुरम्यतामा रम्न नपाउने
पारिजात ?

हे अनन्तता १

के
दुस्खी नहुनु
सुखी हुनु हैन र ?

 

✍️ मदन दुलाल

  • अमेरीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार