जर्मनीमाथि स्पेनको सानदार जित

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले जर्मनीमाथि सानदार जित निकालेको छ ।
घरेलु मैदानमा गए राति भएको खेलमा स्पेनले जर्मनीलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गरेका थिए । त्यस्तै अल्भारो मोराटा,रोड्री र मिकेल ओयाराज्बालले एक एक गोल गरेकाछन् ।

जितसँगै स्पेन लिग ’ए’ को समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले ६ खेलमा ११ अंक जोड्यो । स्पेनले समूहको शीर्ष स्थानमा रहदै अघिल्लो चरणमा स्थान बनाएको छ । जर्मनी भने सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । जर्मनीले ९ अंक जोड्यो ।

 

यस समूहकै अर्को खेल भने स्थगित भएको छ । युक्रेनका तीन खेलाडीमा कोरोना देखिएपछि युक्रेन र स्विट्जरल्यान्डबीचको खेल स्थगित भएको हो । स्पेन र फ्रान्सले समूह ए टुबाट बेल्जियम वा डेनमार्कको र ए वानबाट इटाली, नेदरल्याण्ड्स वा पोल्याण्डको सामना गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार