चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं । बालिका बलात्कार गर्ने एकजना बलात्कारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो ।

 

लोहारले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनु भयो ।

घटना मङ्सिर १ गते सोमबार भाइटीकाको दिनको हो । तर बलात्कारी सुरेश लोहार फरार रहेका थिए ।

पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार