तिम्रो ढुङ्गाे जस्तै कठोर मन भन्न छोडिदेउ प्रिया

गजल

 

मान्दै मान्दैन छोरो खेलौना किन्न अझै पनि
यो गरिबलाई पसले उधारो दिन्न अझै पनि

सखि तिमी एकबचन ले पनि टाढिने मान्छे हौ
म हजारौँ वचन सहेर बस्छु टाढिन्न अझै पनि

तिमी एउटीले चिन्दीनँ भन्दैमा के गुनासो गरौँ
बाकी छ तिमी जस्ता हजारौँले चिन्न अझै पनि

तिम्रो ढुङ्गाे जस्तै कठोर मन भन्न छोडिदेउ प्रिया
थाहै छ बरफ जस्तै पथ्थर पग्लिन्न अझै पनि

मेरो दुईटै खुट्टा काटिए पछि छोडेर जाने मान्छे
छोड्दैन महेन्द्र गन्तव्य तय हिन्न अझै पनि

 

 

✍️  साहित्यप्रेमि महेन्द्र क्षेत्री ‘स्पन्दन’
– डोटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार