आज नेपाल–बंगलादेश बिच प्रतिस्पर्धा

 

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।

लामो समयपछि अन्तराष्ट्रिय खेलका लागि मैदान उत्रदा नेपाल र बंगलादेश दुबै टोली जित र हार भन्दा पनि फुटबल फर्किएकोमा उत्साहित छन् । नेपाली टोलीका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले फुटबल फर्किएकोमा खुसी रहेको बताउँदै बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बतउनु भयो ।

बंगलादेश पुगेका एक खेलाडी पनि कोरोना पोजेटिभ आएपछि हाल एकान्तबासमा बसेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले साफ च्याम्पियनसिप पछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । बंगलादेश नेपालका लागि चिरपरिचित प्रतिद्वन्दी हो । तर, बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार