‘महँगो बेस्यालयकी महङ्गी बेस्या’

‘कविता’

 

‘महँगो बेस्यालयकी महङ्गी बेस्या’

चियाघर छिरें
अगाडि रहेछ एक थान पत्रिका
पल्टाउने बित्तिकै देखें
एक अर्धनग्न युवतीको तस्विर
जहाँ लेखिएको थियो
‘महङ्गो बेस्यलायकी महङ्गी बेस्या’

जिन्दगीमा अहिलेसम्म
यस्तो भड्किलो हेडलाईन देखेकै थिइँन
बाफ्रे अब नपढी कसरी बस्न सकौँला

पहिलो हरफमै लेखिएको थियो
महोदय
दिनभरको प्यास मेटाउन
पुरै रातले नपुगे
अर्को एक दिन लिनुहोस,
म निर्वस्त्र भैदिन्छु
म लमतन्न पल्टिदिन्छु
तपाईलाई के के गर्न मन लाग्छ
चिमोट्नुस र चुस्नुस
दराल्नुस र दोबारनुस
तपाईले किनेको समय
तपाईको मर्जी हुने छ १

तर याद राख्नुहोस ,
तपाईलाई सर्बश्व ठान्ने
तपाईंकै श्रीमतीलाई धोकामा राखेर,
ती अबोध बालिका र छोरी चेलीमाथी
गिद्दे नजर लगाउनेहरु
मेरो कोठासम्म नधाउनुहोला

यो वाक्यांस सबैसम्म लागू नहोला केहिछैन
म उनीहरुलाई पनि एक अवसर दिन्छु
जस्मा,
नारीको नयाँ महाभारत सुनाउछु
हजारको बद्लामा शुन्यमा झरेर
यौनका प्यासीहरु लाई प्रेम नामको काँध हालेर
नारी प्रती हुने अन्याय र आक्रोसलाई
यौन मार्फत यौनकै अग्नि परिक्षा लिन्छु

जहाँ मेरो जित होस या हार त्यस्मा कुनै सर्त राख्दिन किनकी,
जित त त्यसैको हुन्छ जस्ले परिक्षा लिने आट राख्छ
जस्ले गर्दा यौनका भक्तहरु
मलाई छोडेर
अर्की एक नारीप्रती नजर पुर्याउन नसकुन
म अचानो बनेर थापिदिन्छु
तिम्रा पुरुष अस्त्रका चोटहरू
र म जोगाउने छु
अर्की एउटी चेलीको
कलिलो योनी च्यातिनबाट

यो हरफले एकछिन रनभुल्ल परे
फोनमा घण्टी बज्यो (उठाएँ
उतै बाट सुरिलो आवाज आयो हाइ
यत्तिकै मा फोन अफ भयो
भनेँ दाइ एकछिन चार्ज गर्छुनी
फोन राखें
फेरि पत्रिकामा घोत्लिएँ
शब्दकोषमा अटेजति
सबैसबै शब्दहरू
आँखै अगाडी यसरी खेलिरहेका थिए कि
मानौँ
वर्षौ देखि म
यही पत्रीका र
यही केटीको खोजिमा थिएँ या अरु केही
यस्तै यस्तै प्रश्नहरु तछाडमछाड गरेर आइरहेका थिए
यस्तो लाग्यो,
बेस्या हुनु भनेको त देवी हुनु पो रहेछ
जहाँ आफ्नो कम अर्काको ज्यादा सोचिदो रहेछ
सायद यसैले भनिएको होला
‘महँगो बेस्यालयकी महङ्गी बेस्या’

 

✍️  सुस्मिता रुवि

– ओखलढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार