सामाजिक सञ्जालको कारण झरनाको चर्चा चुलिदै

 

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ झगडिया गाउँमा रहेको झरना जिल्लाको आन्तरिक पर्यटकका लागि आकर्षण बनेको छ ।
गएको असारमा स्थानीय युवाले हामफालेर सामाजिक सञ्जालमा भिडियो राखेपछि यो झरना यतिखेर जिल्लामा लोकप्रिय बन्दै गएका हो ।

तराई क्षेत्रमा यस्ता छाँगा छहराहरु नहुने भएकाले तराइमा बस्नेहरुका लागि उक्त झरना आकर्षण बनेको हो । झरनामा मनोरञ्जन गर्न झण्डै ११ किलोमिटर टाढा रहेको कावासोतीबाट बालबालिका, युवायुवतिहरु आउने गरेका छन् ।

कावासोतीस्थित पूर्वपश्चिम राजमार्गबाट झण्डै ११ किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिकाको पहाडको खोँचमा यो झरना रहेको छ ।

हालसालै चर्चामा आएको यो झरनामा दैनिक सैयौं आन्तरिक पर्यटकहरु आएर मनोरञ्जन लिने गरेका छन् । सामाजिक सञ्जालहरु फेसबुक, टिकटक, स्टाग्राम, युट्युवमा राख्न फोटो र भिडियो खिच्न आउनुका साथै झरनामा नुहाएर मनोरञ्जन लिनेहरु पनि यहाँ आउने गर्छन् ।

झरनाको फेदमा रहेको तालमा कोही पौडिखेलिरहेको त कोही टिकटक बनाइरहेका देखिन्छन् । कोरोना संक्रमणका कारण विद्यार्थीहरुको पठनपाठन नभएकाले पनि बालबालिकाहरु झरना हेर्न बाबुआमालाई दुःख दिने गरेका छन् । बालबच्चालाई घुमाउनका लागि आउँने गरेको आन्तरिक पर्यटकहरु बताउँछन् ।

पहाडको फेदीमा रहेको यस झरनासम्म जानका लागि कच्ची बाटो रहेको छ । पहाडी क्षेत्रहरुमा भने यस्ता कैयौं झरनाहरु ओझेलमा परेका छन् । झरनाको लोकप्रियता बढ्दै गएपछि हुप्सेकोट गाउँपालिकाले पनि यसलाई थप ब्यवस्थित बनाउनेबारेमा छलफल थालेको छ । यो झरनालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकेमा अझै आन्तरिक पर्यटकहरु बढ्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार