ताकि मलाई छाडेकोमा तिमिलाई कहिल्यै पछुतो नलागोस्

गजल

भुइँमा झरेपछि पातहरुलाई आफ्नो रुख आफ्नो नलागोस्
यसरी सकियो सम्बन्ध सुन्दा सुनाउँदा अनौठो नलागोस्

उस्ले मैले भन्दा बढि माया गरेर राखोस् सँधैभरि ,
ताकि मलाई छाडेकोमा तिमिलाई कहिल्यै पछुतो नलागोस्

दमकल आउन सक्दैन, बाटो पोहोर पहिरोले भत्कायो
खोलानाला सुकिसके यो साल गाउँमा आगो नलागोस्

आँखामा पुग्न नपाउँदै ओठमा अलपत्र पर्न सक्छ खुसि
त्यसैले म मरेको झुटो खबर उसलाई झुटो नलागोस्

भगवान मलाई उस्को यतिसम्म नजिकको मान्छे बनाइदिनु
उस्लाई म उसको बाहेक अरु कसैको नलागोस् ।।

 

✍️  अतीत आचार्य
देवचुलि १३,नवलपरासि

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार