मुम्बई र दिल्लीबीचको फाइनल खेल दुबईमा हुँदै

 

एजेन्सि । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बई र दिल्लीबीचको फाइनल खेल दुबईमा हुन लनगेको हो । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुन्छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले मुम्बई र दिल्लीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आईपीएलकै सर्वाधिक सफल टिम हो । मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ ।
दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ ।

तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्लीको इतिहास भने मुम्बईको ठिक विपरित रहेको छ । दिल्लीले आईपीएलको उपाधि जित्न सकेको छैन ।

दिल्ली आईपीएलकै इतिहासमा पहिलो पटक फाइनल पुगेको हो । त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ ।

लिग चरणको पहिलो खेलमा मुम्बईले दिल्लीमाथि ५ र दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो । यस्तै पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार