दशैँ खर्च वापतको भत्ता आश्रम र बिरामीलाई हस्तान्तरण गर्दै कर्णालीकि उपसभामुख घर्ती

  खगेन्द्र हमाल  148 पटक हेरिएको

 सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले दशैं खर्च वापतको आफुले पाउने रुकम आश्रमलाई हस्तन्तरण गर्ने भएकी छन् । प्रदेश सभा सचिवालयबाट प्राप्त भएको पचास हजार विभिन्न आश्रमलाई नगद वितरण गर्ने उनको भनाइ रहेको छ।विष्टले पाएको दशैँ भत्ता वीरेन्द्रनगरमा रहेको प्रशान्त वृद्धाश्रमलाई नगद १० हजार र मानव सेवा आश्रमलाई बीस हजार नगद हस्तान्तरण गर्ने जानकारी दिइन् ।

यस्तै, काठमाडौंमा डायलाइसिसको उपचार गराइरहेका कालिकोटको रुप्साको अभियान नाम भएका युवालाई दश हजार र जाजरकोटका पूर्व माओवादी सम्वद्ध कार्यकर्ता प्रभात चलाउनेलाई दश हजार वितरण गर्न लागेको विष्टको भनाई छ ।उनका अनुसार प्रभातको आर्थिक अवस्था दयनीय भएको र उनी दुर्घटनामा परेर घाइतेसमेत भएकाले आर्थिक सहायता गर्न लागेको जानकारी दिइन् ।

उपसभामुख पुष्पा घर्ती (बिष्ट ) ले आफुले पायको दशै खर्च ( भत्ता ) को रु ५००००।( पचास हजार ) मध्य १५००० मानबसेवा आश्रम सुर्खेत ,रु १५००० प्रशान्ती बृद्धआश्रम ,रु १०००० पुर्ब जनमुक्ति सेनाका घाइते कमरेड अभियान र रु १०००० पत्रकार महासङ का पुर्ब केन्द्रिय सचिब प्रभात चलाउने लाई हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो।गरिव दिनदुखी अशक्त भोका नागरिकहरुलाई पहिलो प्राथमिकता राखेर उनिहरुको स्वास्थ्य शिक्षा र गासबासको लागि उचित व्यवस्थापन गर्नमा आफू अग्रसर भएर अगाडि बढेको उनको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार