साउन १ गतेदेखि निजी विद्यालयले अनलाइन कक्षा बन्द गर्ने

काठमाडौं । निजी विद्यालयहरुका संगठन प्याब्सन तथा नेसनल प्याब्सनले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

 

प्याब्सन तथा नेसनल प्याब्सनका तर्फबाट बुधबार संयुक्त रुपमा जारी विज्ञप्तिमा २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरी आफ्ना शिक्षक | कर्मचारीहरुलाई बेतलबी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएको उल्लेख छ ।

 

अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार