‘चाडपर्व राष्ट्रका अमूल्य निधि हुुन’

रुपन्देही । प्रदेश नं ५ का प्रमुख धर्मनाथ यादवले सांस्कृतिक सम्पदाको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भ्रातृत्व र एकतालाई मजबुत बनाउन सहयोग पुग्ने बताए । इस्लाम धर्मावलम्बीको पवित्र चाड इदका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले साँस्कृतिक चाडपर्व हरेक समुदायका आफ्ना मौलिक पहिचान तथा राष्ट्रका अमूल्य निधि भएको उल्लेख गरे ।

 

“हाल देश र विदेशमा समेत फैलिरहेको  कोरोना भाइरसको महामारीको अवस्थामा एक  जुट भई जीवन रक्षाको प्रयासमा लाग्न सबै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस पर्वले थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने अपेक्षाका साथ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

पर्वले भ्रातृत्व विकास हुन्छ : सामाजिक विकासमन्त्री 

 

प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले इद पर्वले सबै नेपालीबीच आपसी भ्रातृत्व विकास हुने बताएका छन् ।

 

यसै अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपालका पर्वहरुले सबै नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गरेका छन् ।  उनले सबै मिलेर कोभिड–१९ को सामना गर्नाको विकल्प नभएकामा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार