काठमाडौं । सर्वोच्च अदालतले गोकर्ण फरेस्टको रिसोर्टको म्याद थप्न निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ ।
रिसोर्ट सञ्चानलनको ६ बर्ष म्याद बाँकी छँदै थप २५ बर्ष अवधि थप्ने निर्णयबारे सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुने गरी जंगल मासेर थप संरचना बनाउन खोज्नुको कारण पनि खोजेको छ ।
सरकारले गैरकानुनी रुपमा गोर्कण फरेस्ट रिसोर्ट अवधि थपेको भन्दै अधिवक्ता बिष्णु लुइँटेलल सर्वोच्चा रिट दर्ता गराएका थिए । उनले रिटमा सार्वजनिक खरिद एने मिचिएकाले सरकारले गरेको निर्णयअनुसार लिज सम्झौता अघि नबढाउन आदेश मागेका छन् ।