कस्तुरीको विना सहित २ जना पक्राउ

काठमाण्डौं । 

अबैध रुपमा चोरी सिकारी गरी कस्तुरीको विना  विक्री वितरण गर्न हिडेका दुई जनालाई लैनचौर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका बाबु नेपाली र सोही स्थानका रमेश लामा रहेको प्रहरीले बताएको छ ।

 

विशेष सुचनाको आधारमा उनीहरुलाई खोजी गर्दै जादाँ तारकेश्वर नगरपालिका १० मनमैजुबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ४ वटा कस्तुरीको विना सहित पक्राउ गरिएको हो ।

 

उनीहरुको थप अनुसन्धान भइ रहेको लैनचौरका डिएसपी सन्तोष सिंह राठोरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार