गोरखापत्र संस्थानका महाप्रबन्धकसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायसहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबारे चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

 

अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपक कुमार भन्सालीविरूद्ध मुद्दा दायर गरेको अख्तियारले जानकारी दिएको छ ।

 

अख्तियारले  उनीहरुलाई ४ देखि ६ वर्ष सम्मको कैद र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार