गृहमन्त्रीको नागरिकता सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सकियो

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सकिएको छ ।

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा नागरिकता सम्बन्धी मुद्दाको बहस सकिएको हो । पक्षविपक्ष र सरकारी वकिलको बहसपछि अब फैसला सुनाइने भएको छ ।

फैसला शुक्रबार नै सुनाउने बारेमा न्यायाधीशहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले अन्तिम बहसको सुनुवाई गरेका थिए ।

त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि नागरिकता सम्बन्धी मुद्दाको अन्तिम सुनुवाई सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार