मगर विद्यार्थी संघको महाधिवेशन सम्पन्न

११ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चित्र पुलामीमगर निर्वाचित

बुटवल, १२ माघ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको ११ औं राष्ट्रिय महाधिवेशन रुपेन्देही जिल्लाको सुन्दरनगरी बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपाललाई यहाँसम्म ल्याउन मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । मगर समुदायले राष्ट्र र जनताकालागि गरेको इमान्दारितालाई राज्यले कहिल्यै बिर्सिन नहुने बताउनु भयो । मुख्यमन्त्री गिरीले मगर समुदाय लगायत राज्यदेखि पछि परेका समुदायकालागि आर्थिक पक्षलाई सबल बनाउदै स्वदेशमै रोजगार दिन सक्ने कार्य नीति बनाउनु पर्नेमा जोड दिनु भयो । युवाहरुलाई विदेश जानबाट रोक्नु पर्ने बताउनु भयो । उहाँले स्वदेशमै भएका सामाग्रीलाई प्रयोग गर्दै उद्योग कलकारखाना गर्न राज्य राख्नु पर्ने बताउनु भयो । नेपाल मगर विद्यार्थी संघ लगायत आम विद्यार्थीहरुले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक पक्षमा सक्रिय भएर लाग्नु पर्ने बताउदै मगर विद्यार्थीले उठाएको भाषिक, शैक्षिक, सांस्कृतिक मृद्धालाई कार्यनीति बनाउने विश्वास व्यक्त गर्नु भयो।


त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका सभामुख तुला घर्तिमगर (बसन्त)ले मगर विद्यार्थीहरुले शैक्षिक हैसियतका साथै प्रशासनिक हैसियत बनाउनु पर्नेमा जोड दिनु भयो। उहाँले २०७२को संविधानले मगरात प्रदेश बनाउन नदिएको गुनासो गर्दै सोही संविधानमा टेकेर मगरात स्वायत बनाउन सकिने हुँदा विद्यार्थीहरुले आन्दोलन गरेर आफ्नो अधिकार स्थापित गर्नु पर्ने धारणा राख्नु भयो। सभामुख घर्तिमगरले आफू मगर भएको नाताले सभामुख नभई दखल र लामो समय राजनैतिक, सामाजिक क्षेत्रमा योगदान दिएकोले पार्टीले मूल्याकंन गरी सभामुख भएको बताउनु भयो। विद्यार्थीहरुले आफू माथि भएका विभेद तथा अन्याय अत्याचार विरुद्ध सधैं सशक्त भएर राज्यलाई खबरदारी गर्नु पर्ने उल्लेख गर्नु भयो।


उद्घाटन सत्रमा बोल्दै आदिबासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरले मगर विद्यार्थीहरु आफ्नो भाषा, धर्म, संस्कृति तथा पहिचानलाई बचाउन सक्रिय भएर लाग्नु पर्ने धारणा राख्नु भयो। पछिल्लो समय मगर विद्यार्थीले उठाएका मुद्धाहरु ओझेलमा परेको बताउदै मगर विद्यार्थीहरु आफ्ना मुद्धाहरुमा जुझारु भएर अघि बढ्नु पर्ने बताउनु भयो।
त्यसैगरी नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले २०७२को संविधान एउटा सम्झौताको दस्तावेज भएको बताउदै नेपालको उत्पीडित समुदायको भाषा, धर्म, संस्कृति पहिचानलाई २०७२को संविधानले नसमेटेको बताउनु भयो । उहाँले हालको वर्तमान संघीय मन्त्रीमण्डलमा एक जना पनि मगर समुदायबाट मन्त्री नभएकोमा दुःख व्यक्त गर्नु भयो । राज्यले अहिलेसम्म पनि मातृभाषालाई संवद्र्धन प्रवद्र्धन नगरेको टिप्पणी गर्दै तत्काल मगर समुदाय जहाँ जहाँ बढी बसोबास गर्दै आएका छन् ती प्रदेशमा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्नेमा जोड दिनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल मगर संघका निःवर्तमान अध्यक्ष नविन रोका मगरले राज्यले नै मगरात आन्दोलन कमजोर बनाएको बताउनु भयो । उहाँले अनुहार मगरको भए पनि राजनैतिक विचारका कारण मगरातको मुद्धालाई ति व्यक्तिहरुले कमजोर पारेको बताउनु भयो। मधेश प्रदेश हुन सक्ने मगरात स्वायत प्रदेश किन हुन नसक्ने भनेर उहाँले राज्यसँग प्रश्न गर्नु भयो । नेपाल मगर विद्यार्थी संघले मगर समुदायले उठाएका मुद्धालाई गम्भीरका साथ लिदै राज्यलाई खबरदारी गर्न सधैं सशक्त भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो।

उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्दै नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष एवंम सल्लाहकार दिपा आलेमगरले नेपालको माटो अनुसार शिक्षा नीति हुनु पर्ने बताउनु भयो । मगर विद्यार्थीले लामो समय देखि उठाउँदै आएको बैज्ञानिक, व्यवहार तथा बहुभाषिक शिक्षा नीति अहिलेसम्म पनि राज्यले व्यवस्था गरेको बताउँदै अब तत्काल सातै प्रदेशका संघीय सरकारले लागु गर्नु पर्ने धारणा राख्नु भयो। उहाँले ११ औं महाधिवेशनको शुभकामना दिर्दै पर्यटन तथा संस्कृति मन्त्रालयले आदिबासी जनजातिहरुको मौलिक संस्कृतिहरुलाई सुचिकृत गर्दै पर्यटन क्षेत्रबाट आर्थिक उन्नती गर्न समेत राज्यलाई आह्वान गर्नु भयो ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका सांसद माया पुनमगर, पूर्व सिचाई राज्यमन्त्री एवंम नेपाली काँग्रेसका नेता अम्मर पुनमगर, वरिष्ठ अधिवक्ताद्वय गौ बहादुर आलेमगर, सुरेन्द्र थापामगर, नेपाल मगर संघका स अध्यक्ष दल बहादर विरक्टामगर, महासचिव टेक लाम्जाली मगर, नेपाल मगर संघका सल्लाहकारद्वय कृष्ण थापामगर, दिल बहादुर मगर, विद्यार्थी संघ केन्द्रीय समितिका पूर्व अध्यक्ष एवंम सल्लाहकार माधव दर्लामी मगर, रेनुका काउचामगर, कमल थापामगर, मगर महिला संघका अध्यक्ष हिरु रानामगर, गुल्मी कालीगण्डीकी गाउँपालिकाका अध्यक्ष वेद थापामगर, रुपेन्देही जिल्ला मगर संघका अध्यक्ष आन बहादुर सोतीमगर, रुपेन्देही जिल्ला मगर विद्यार्थी संघका अध्यक्ष रमेश सारु मगर लगायतले मगर विद्यार्थीको शैक्षिक, भाषिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सामाजिक विषयमा आआफ्ना धारणा राखेका थिए । साथै बैज्ञानिक, व्यवहारीक तथा बहुभाषिक शिक्षा तथा युवा शक्तिलाई स्वदेशमा रोजगार सिर्जनागर्न समेत राज्य सँग माग गर्दै ११ औं महाधिवेशनको शुभकामना मन्तब्य राखेका थिए ।

११ औं राष्ट्रिय महाधिवेशनले नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्षमा चित्र पुलामी मगरलाई चयन गरेको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजु पुनमगर, उपाध्यक्ष खुलामा नरेन्द्र घर्तीमगर, महिला उपाध्यक्षमा किरण सिंजालीमगर, भाषिक उपाध्यक्ष (बाह्र मगरात)मा मनिष फालमगर, भाषिक उपाध्यक्ष (अठार मगरात)मा हर्क घर्तीमगर, भाषिक उपाध्यक्ष (काईके)मा बिष्णु आलेमगर महासचिवमा चन्द्र बहादुर थापामगर, महिला सचिवमा युद्धदेबीमगर, संगठन सचिवमा बिरेन्द्र अछामीमगर, संचार सचिवमा विनोद आलेमगर, सचिवमा डि.बि आलेमगर, कोषाध्यक्षमा प्रशान्त लुङ्गेलीमगर पदाधिकारीमा चयन भएका हुन्।


त्यसैगरी कार्यसमिति सदस्यहरूमा समीक्षा मगर, नसिव सोरालीमगर, प्रकाश ल्हायोमगर, रेश्मी किङरिङमगर, सोमन रैकामगर, अन्जान थापामगर, किशोर मगर, सर्मिता गन्द्रमामगर, आशा नाम्जालीमगर, शिव पुलामीमगर, राजन दगालीमगर, कुमार सिंजालीमगर, प्रेम बुढामगर, समिर रोकामगर, राजिव थापामगर, सहज रानामगर, बुद्ध गर्जामगर, ऋषिराम रानामगर, धनिराम पुनमगर, प्रविन बुढामगर, कमल थापामगर, बेदना बुढामगर, अमीत रास्कोटीमगर, ललित बरालमगर, छिनिङलाल थापामगर, वीर बहादुर सारूमगर, पुनम थापामगर, याम बहादुर रोकामगर, लोकेन्द्र रानामगर चयन भएका छन् ।


११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको सहजिकरण निःवर्तमान महासचिव प्रेम रोकामगर र सचिव दिपु मगरले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता निःवर्तमान अध्यक्ष विष्णु कुमार थापामगरले गर्नु भएको हो । महाधिवेशन सफल पार्न देशभरबाट मगर विद्यार्थी प्रतिनिधि तथा प्रवेक्षकको सहभागीता थियो । कार्यक्रममा विभिन्न जातिय विद्यार्थीहरुका प्रतिनिधिहरुको पनि सहभागीता थियो । कार्यक्रममा मगर सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार