लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न


 


सुरेश छन्त्याल /गलकोट, २३ मंसिर । सभ्य समाजको पहिचान, हिंसा विरुद्धको अभियान लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको आज १५औं दिनमा गलकोट नगरपालिका १० पाण्डबखानीमा दिप प्रजलन गरि सम्पन्न भएको छ ।

महिला जागरण केन्द्र पाण्डबखानीको आयोजनामा भएको कार्यक्रममा महिला जागरण केन्द्रकी अध्यक्ष राधिका पुनको अध्यक्षता गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्त काउचाको प्रमुख आथितियता संगै गलकोट नगरपालिकाका नगर सदस्य रामप्रसाद वि.क, धनबहादुर सुनार, स्वास्थकर्मी लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन महिला जागरण केन्द्रकी सह( सचिव आसा श्रीसले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भक्त काउचाले समाजमा भइरहेका महिलामाथिका सबैखाले हिंसालाई रोक्न सबैको पहल हुनु पर्ने बताए । महिलाहरुले आफूमाथि हुने हिंसाको प्रतिकार गरी कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार