इभि नेपाल एक्पोको अयोजनामा नेपालमा पहिलो पल्ट विद्युतीय यातायातको उद्घाटन


काठमाडौ, १६ मंसिर । इभि नेपाल एक्पोको अयोजनामा नेपालमा पहिलो पल्ट विद्युतीय यातायातको उद्घाटन गरिएको छ ।

बुधबार काठमाडौंस्थित भृकुटिममण्डवमा एस डि एक्स्पो मिडियाको आयोजना र इन्डियन इक्सिभिजन सर्भिसको सहआयेजनामा वातावरणीय मैत्री बनाउने उद्देश्यले विद्युतीय यातायातको उद्घाटन गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्य र सपना रोका मगरको विशेष आतिथ्यमा रिवन काटेर कार्यक्रमको उद्घाटन गरियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा इलेक्ट्रोनिक यातायातको सुरुजात गरेकोमा खुसी व्यक्त गरे। उनले आगामी दिनहरुमा पनि वातावरण मैत्री दुई पाङ्ग्रे र तीन पाङ्ग्रे यातायातको विकासको लागि विभिन्न ठाउँमा प्रोमोसन गर्नमा लागि चार्जिङ स्टेशनहरु पनि स्थापना गरेको बताए । उनले पेट्रोलियम पदार्थमा निर्भरता घटाउनका लागि यसको महत्वपूर्ण भूमिका रहेको बताए।

त्यसैगरी कार्यक्रमका विशेष प्रमुख अतिथि सपना रोका मगरले नेपालमा बद्दो इन्धनको सट्टा विभिन्न ठाउँमा राखिएको चार्जिङ स्टेशनले धेरै फाइदा पुर्याएकोमा एक्पोप्रति धन्यवाद प्रकट गरे ।


यातायातका पूर्वाध्ययक्ष सुशिल अग्रवालले ब्रिज प्रा.ली यात्रुको आवश्यकता र अनुकूलतालाई मध्यनजर गरी निर्माण गरिएको बताए । उनले विक्रेताको आवश्यक्ता अनुसारनै महँगो र सस्तो अथवा किफायती मूल्यमा बनाउने जानकारी दिए ।

उनले २०८० साल सम्ममा यसको त्रुटिलाई सच्याएर चाँडै लागु गरिने योजना पनि बताए । यसलाई सरकारले आर्थिक सुविधाका साथ विक्रेतालाई पनि सहजता दिलाए अझ उत्तम हुनेमा अग्रवालले गुनासो गरेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार