समाजसेवी खोर्जाले गरे दिनदुःखीलाई आर्थिक सहयोग (TV News सहित)

धन हुने व्यक्तिमा पनि सहयोग गर्ने मन हुँदो रहेछ

  दीपा आलेमगर  129 पटक हेरिएको

काठमाडौं १२

भनिन्छ मन हुनेको धन हुँदैन धन हुनेको मन हुँदैन तर सबैमा यो उखान लागु नहुँदो रहेछ ।  धन हुने व्यक्तिमा पनि सहयोग गर्ने मन हुँदो रहेछ भन्ने सार्थकतालाई पुरा गरेर देखाउन सफल भएका छन् पर्वत जिल्ला सालिजा गाउँ विकास समिति युकेका अध्यक्ष गंगा बहादुर खोर्जा ।

उनै मन र धनका धनि खोर्जाले उनी लगायत उनको रोहबरमा म्याग्दी जिल्लाका बाढीपीडितलाई६ लाख १८ हजार २ सय रुपिया एक कार्यक्रम विच सहयोग गरी हस्तान्तण गरेका छन् ।

यति मात्र कहाँ हो र उनकोसहयोगी भावना गत असार २६ गते आएको भिषण बाढी पैरोबाट मराङ र बिम गाउँका बासिन्दाहरु बाढी पैरोमा परि दुःखद घटना घट्यो । सोही घटनामा परेर घरबार विहिन भएका बाढीपीडितहरुको घाउमा मलम पटटी लगाउन पनि गंगा बहादुर खोर्जाले ५ लाख ८६ हजार ९० रुपियाँ रकम हस्तान्तण गरेका छन् । त्यसैगरी उनी मात्र होइन उनकै सहयोगमा कार्यसमिति परिवारले समेत ति बाढीपीडितहरुलाई आर्थिक सहयोग गरी उदाहणनीय काम गरेर देखाउन सफल भएका छन् गंगा ।


हरदम समाजको सेवामा तलिन खोर्जाले समाजकोलागि अति नै महत्वपूर्ण काम गर्दै र सहयोग गर्दै आएका छन् । उनले मराङ अर्वाङका दृष्टि विहिन दिप केसीको लागि रु. १० हजार रकम दिएर पनि सहयोग गरेका छन् । त्यसैगरी उनकै संयोजकत्वमा धनबहादुर जुगजालीका छोराछोरीका अध्ययन खर्चकोलागि वितृ पुर्जा र कुमारी पुर्जाले १५हजार १ सय १६ रुपियाँ सहयोग गरेका हुन् ।पर्वत कुवापानीका हर्क बहादुर पुन र सुमती पुनले स्वर्गीय आमा दिलमती पुनको सम्झनामा पितृ पुजाकालागि७ हजार सहयोग गरेका छन् । त्यसैगरी इन्द्रेणी ब्यवस्थापन गर्नकोलागि रु. २६ हजार ९२ रुपियाँ सहयोग समेत गरेका छन् । नगद सयहोग गर्दा इन्द्रेणी समाजका कार्यक्रम सञ्चालक कृष्ण कंडेल तथा नेपाल सरकारका उपसचिव दिल बहादुर पुन र समाजसेवी एवंम पर्यटनव्यवसायी नन्द बहादुर पुनको रोहबरमा रकम हस्तान्तण गरिएको थियो ।

उनले विदेशी भूमिलाई कर्म थलो बनाएपनि आफ्नो देशमा दुःख पाएका जनताहरुलाई आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् । उनले बाढी पीडितमा परेका बासिन्दालाई मात्र होइन किर्तिपुर स्थित बेवी होम जहाँ एचआईवी पीडित बालबालिकाहरुलाई विगत लामो समयदेखि सहयोग गर्दै आएका छन् । त्यसैगरी मनमैजु स्थित एकिकृति  सिर्जनशील समाजमा बस्दै आएका द्वन्द्व पीडित बालबालिकाहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् ।

समाज र देश प्रति सधैं चिन्ता र चाँसो राख्ने भएको हुँदा पनि गंगाले विदेशी भूमिलाई कर्म थलो बनाउँदै र आफ्नो देशमा दुःख पाएका जनताहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । समाजमा उनले आफू एउटा समाजसेवीको रुपमा पहिचान बनाई सकेका छन् । उनले गोर्कण स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा बसोबास गरेका बालबालिकाहरुलाई पनि सहयोग गर्दै आएका छन् । उनको योगदान समाजमा अतुलनीय छ उनले विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनकोलागि पनि सहयोग गरेका छन् । त्यति मात्र कहाँ हो र उनको योगदान समाजमा अत्तिनै गरिवीका कारणले किड्नी, मुटु र क्यान्सार जस्ता रोग लागेका विरामीलाई समेत उपचारकोलागि सहयोगी हात बढाउँदै आएका छन् ।

मन र धनका धनि गंगाले परम्परादेखि नै मनाउँदै आएका संस्कार, संस्कृतिलाई जेर्गना गर्न उनले लगानी लगाउँदै आएका छन् । उनको समाज प्रति योगदान खोर्जाले स्कुलका भवन निर्माण गर्न अथवा मठमन्दिर बनाउन पनि ठूलो आर्थिक सहयोग गरेको छ ।

पर्वत जिल्ला सालिजा गाउँ विकास समिति युकेका अध्यक्ष गंगा बहादुर खोर्जाले विभिन्न क्षेत्रमा यसरी नै आफूले सक्दो आर्थिक सहयोग गर्दै समाजमा पीडित भई जीवनयापन गरेका जनताहरुलाई सहयोग गर्दै आएका छन् ।

समाजमा दुःख पाएका निमुखा जनताहरुलाई सहयोग गर्ने हातहरु सबैले बढाउनु पर्ने खोर्जाको भनाई छ । धन हुनेहरुको मन हुँदैन त्यसो नगरौं किन कि तपाई हाम्रो सानो सहयोगले पनि कसैको जिन्दगी बन्न सक्छ खोर्जाले बताए ।यो कोरोना भाइरसको महामारीमा हजारौं नेपाली जनताहरु खाना नपाएर भोकभौके मर्नु परेको छ त्यसैले हामी सबैले आफूले सक्ने जेजति सहयोग गर्न सकिन्छ सहयोगको हात बढाउन पनि खोर्जाले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार