स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरूङले लिए अग्रता

स्याङ्जा, १५ मंसिर। स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पारेका हुन् ।

८ हजार ४ सय ६५ मतगणना गर्दा कांग्रेसका गुरूङ तीन हजार ९०१ मत ल्याई अग्रस्थानमा छन् । उनको निकटतम् प्रतिस्पर्धी एमालेकी अर्यालले तीन हजार २ सय ४७ मत पाई दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ७ सय ६१ मत ल्याएका छन् ।

मतदान भएको १० दिनपछि निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिबाट मतगणना सुरू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार