चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी, प्रदर्शन नियन्त्रण गर्न सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं, १३ मंसिर । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनको फोटो खिच्न प्रतिबन्ध लगाईएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रर्दशन भएको हो।प्रदर्शनका क्रममा पत्रकार परेका बीबीसीका पत्रकार एड लरेन्सलाई गिरफ्तार गरी कुटपिट गरेको भन्दै बेलायत सरकारले प्रहरीको ज्यादतीप्रति ध्यानाकर्षण गरेको छ ।

बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीले ट्वीट गर्दै उनको गिरफ्तारीप्रति चिन्ता ब्यक्त गर्नुभएको हो । यता राजधानी बेइजिङ र साँघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरूले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत माग गदै प्रर्दशन जारी नै राखेका छन् ।चीनको एक अपार्टमेन्टमा हालै भएको आगलागीमा क्वारेन्टिनमा बसेका १० जनाको मृत्यु भएपछि रूष्ट बनेका चिनिया नागरिकहरुले चीन सरकार विरुद्ध गरेको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेका छन् ।

लकडाउनका कारण सोही अपार्टमेन्टमा आगलागी हुँदा उद्धार गर्न कठिनाई भएको भन्दै सर्वसाधारण आक्रोशित बनेको हो ।प्रदर्शनकारीहरूले कोरोना विरुद्धको नियम खुकुलो नपारे आन्दोलन चर्काउने धम्की समेत दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार