गोरखा, ६ मंसिर । प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर– २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी मतगणनामा अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार दाहालले ८ हजार ६१९ मत ल्याएका हुन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार २७७ मत ल्याएर पछ्याइ रहेका छन् । उता नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले भने १ हजार ९४६ मत ल्याएका छन् ।