नेपालले यू–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं, २८ कार्तिक । सन् २०२७ को आईसीसी यू१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह(आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार गर्नुपर्नेछ ।

त्यस्तै २०२५ को यू–१९ महिला विश्वकप क्रिकेट मलेसिया र थाइल्याण्डमा संयुक्तरुपले आयोजना हुने भएको छ । २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्ने जिम्मा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार