विद्यार्थीकालागि पहिलो प्राथमिकता शिक्षा हो–महासचिव विरभान घर्तिमगर


रोल्पा, २७ कार्तिक । अन्तर्राष्ट्रिय मगर महासंघका महासचिव एवंम आदिबासी जनजाति महासंघ बेल्जीयमका अध्यक्ष विरभान घर्तिमगरले आफूले अध्ययन गरेको सुनछहरी गा.पा.–१ घुस्बाङ, रोल्पामा रहेको श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुको शिक्षास्तरलाई माथि उकास्नकोलागि कम्प्यूटरका सामाग्री हस्तान्तरण गरेका छन् । उनले यो भन्दा अघि पनि यस विद्यालयमा कम्प्यूटर लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।


नेपाल भ्रमणमा आएका अन्र्ताष्ट्रिय मगर महासंघका महासचिव घर्तिमगरले आफ्नो मातृभूमिको विकास तथा समृद्धिकोलागि विभिन्न समाजसेवी कार्यहरु गर्दै आएका छन् । उनले विशेष गरी आफ्नो थाकथलो रोल्पा जिल्लालाई हरेक क्षेत्रबाट राज्यको तह र तप्कामा पुराउनकोलागि विद्यार्थीहरुलाई शिक्षामा जोड दिन पहिलो प्राथमिकता दिएका हुन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासचिव घर्तिमगरले विद्यालयका विद्यार्थीहरुलाई शिक्षामा बढी जोड दिन आफ्ना भनाई राखे । शिक्षाले भोलि गएर ठूलो व्यक्ति बन्न सकिने देश र जनताको सेवा गर्न सकिने हुँदा भएको हुँदा शिक्षालाई विद्यार्थीले पहिलो प्राथमिकता दिनु पर्ने बताए ।


आजको २१औं शताब्दी विज्ञानको युग भएको हुनाले आम विद्यार्थीहरु भोलि गएर उच्च शिक्षा हासिल गर्न आज बाट नै धेरै भन्दा धेरै मेहनत गर्नु पर्ने बताए । श्री सरस्वती माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार