मगर भेजा समाजको प्रथम बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २१ कार्तिक । मगर भेजा समाज नेपालको प्रथम बार्षिक साधारण सभा १९ गते शनिबार विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

प्रथम बार्षिक साधारण सभाको उद्घाटन प्रमुख अथिति लक्ष्मण थापाले गर्नु भएको हो ।

समाजको प्रथम बार्षिक साधारण सभा बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो र सोही प्रतिवदेनमा छलफल भएको थियो । वार्षिक प्रतिवेदनमा संस्थाका सहसचिव निकिता थापामगर र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष पदम बहादुर थापा मगर ले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष खिम बहादुर थापा मगर गरेका थिए भने
धन्यवाद मन्तव्य संस्थाका सदस्य शेर बहादुर थापा मगर गरेका हुन् ।

त्यसैगरी साधारण सभामा अमेरिकाको न्यूयोर्कको डाक्टर खुश्बु पुन मगर र कनेक्टिकट स्टेटका अर्का डाक्टर क्वीएन्ना लिउलाई संस्थाका अध्यक्षले खादा ओढाई सम्मान गरेका थिए । उनीहरू दुवैजना डाक्टरहरूले भविष्यमा अर्को आगमनमा नेपालीहरूलाई स्वस्थ्य जांच र उपचारमा आफूहरूले सकेको सेवा दिने आश्वासन समेत दिए ।

विशेष अतिथीका रुपमा मगर भेजा समाज नेपालका आजीवन सदस्य राम बहादुर थापा र एसएसपी ओम रानामगर रहेका थिए । साधारण सभाको अध्यक्षतता समाजका अध्यक्ष पूर्व डिआईजी पार्बती थापा मगरले गरेका थिए ।कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार