सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

काठमाडौं, १८ कार्तिक । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । सो आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाउने तयारी भइरहेको छ ।

गत २० भदौमा एक बालिकाले सन्दीपविरुद्ध बलात्कार आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा सन्दीप पक्राउ परेका थिए । गत मंगलबारदेखि थुनछेक बहस भएको थियो ।

शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीश घिमिरेको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार