प्रथम अन्तर्राष्ट्रिय संरक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, ३ कार्तिक । प्रथम अन्तर्राष्ट्रिय संरक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो । नेपाल लगायत पच्चीस वटा राष्ट्रले आज एकैसाथ संरक्षक दिवस मनाएका छन् ।

नव आगमन संरक्षक समाजले आयोजना गरेको उक्त कार्यक्रममा अति अशक्त तथा पूर्ण अशक्त अपाङगता भएका वालवालिकाका संरक्षकरुको सहभागिता रहेको थियो ।
संरक्षकहरुको संरक्षण गरौं भन्ने मुल नाराका साथ रत्नपार्कबाट निकालेको र्याली नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

गोमादेबि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मष्तिस्क पक्षाघात स्वावलम्वन समुहका कार्यकारी अधिकृत बिमललाल श्रेष्ठ प्रमुख अतिथि थिए ।

संरक्षकहरुलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रुपमा सशक्त र सक्षम बनाउने उदेश्यले २०७६ सालमा गठन भएको नव आगमन संरक्षण समाज सूर्यविनायक भक्तपुरमा उपत्यका भित्र बसोबास गर्ने करीब पाँच सय संरक्षकहरु आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार