चुनावी मोर्चाकालागि ओलीलाई भेट्न बालकोट पुगे गौतम

काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहीबार बिहान भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न गौतम बालकोटस्थित ओली निवास गएका हुन् ।

भेटमा आगामी निर्वाचनमा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेट गरेका हुन् ।
गौतमले ओलीपछि अरु नेतासँग पनि भेटवार्ता गर्ने छन् ।

नेकपा एमाले र माओवादी केन्द्रद्रको एकतापछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए ।

उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार